aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

चीनको जोर चलेन, आखिर जारी गर्‍यो इयूले यस्तो रिपोर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
चीनको जोर चलेन, आखिर जारी गर्‍यो इयूले यस्तो रिपोर्ट

युरोपेली युनियनले चीनको इच्छा विपरीत एउटा रिर्पोट जारी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार कोरोना भाइरस संक्रमणको फैलावटबारे चीनले गलत सूचना दिएको भन्ने निष्कर्ष सहितको सो रिपोर्ट सार्वजनिक नगर्न चीनबाट ठुलो प्रयत्न भएको थियो ।
 
हालसम्म चीनले इयूबाट जारी उक्त रिपोर्टबारे कुनै प्रतिक्रिया दिएको छैन तर, सो रिपोर्ट जस्ताको तस्तै सार्वजनिक गरेमा चीनले इयूसंगको सम्बन्ध बिग्रने चेतावनी भने दिएको थियो । इयूको पूर्व योजना अनुसार अप्रिल २१ तरिककै दिन सो रिपोर्ट सार्वजनिक हुने थियो । तर, चीनको उच्च तहबाट गएको दबाबका कारण सो मितिमा रिपोर्ट जारी गरिएको थिएन् । 

चीनमाथि कोरोना भाइरस सँग सम्बन्धी निकै गम्भीर आरोप लगाइएको सो रिपोर्ट बिना संशोधन नै प्रकाशित गरिएको रोयटर्सले युरोपियन युनियनका उच्च अधिकारीहरुलाई उदृत गर्दै लेखेको छ । 

चीनले कोरोना भाइरसको गम्भीरतालाई बेलैमा सार्वजनिक नगरेको, सूचना लुकाएको र संसारलाई यसबारे गलत जानकारी उपलब्ध गराएको सो रिपोर्टमा उल्लेख छ । आफ्नो गल्ती छोप्न र अन्तर्राष्ट्रिय छवि सुधार्नको लागि पछि सहयोगका नाममा चीन सक्रिय भएको पनि त्यसमा लेखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस