aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कस्तो संयोग, यता ओलीको उता ट्रम्पको उस्तै उस्तै मजाक !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
कस्तो संयोग, यता ओलीको उता ट्रम्पको उस्तै उस्तै मजाक !

काठमाडौँ । विश्वभरि कोरोनाको महामारी फैलिरहँदा धेरै देशका राष्ट्र प्रमुखहरूले अनेकौँ हर्कत गरिरहेका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीले अनाश्यकरुपमा स्थिर राजनीति बिथोलेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुनियाँ हसाउनेगरि मजाक गरेका छन् । 

नेपालका प्रधानमन्त्री ओली मजाक गर्ने मामिलामा डोनाल्ड ट्रम्प भन्दा निकै अगाडि छन् । उनका प्रायजसो सम्बोधनहरूको ठुलो हिस्सा उखान र ठट्टा हुने गर्दछ । तर, पछिल्लो पटक उनले दुई वटा अध्यादेश जारी गर्ने सिलसिलामा गरेको ख्याल ख्याल चाहिँ उनलाई निकै महगों परिसकेको छ । अहिले उनी खेलेर हाँस्न सक्ने अवस्थामा समेत छैनन् । ख्याल ठट्टा र मजाकको त कुरै छोडौँ । 

तर, एउटा रमाइलो संयोग चाहिँ के देखियो भने नेपालमा ओलीले अध्यादेश जारी गर्ने र विपक्षी दलका सांसदलाई अपहरण गरेर पार्टी फुटाउन लगाउने भद्दा मजाक गर्दै गर्दा उता अमेरिकी राष्ट्रपति  ट्रम्प भने कोरोना मार्न मानिसको शरीरमा इन्जेक्सनमार्फत रेडिएसन हाल्ने अर्को मजाक गर्दै थिए । अहिले उनी पनि ओली जस्तै आफ्नो बोलीलाई सुधार्ने असफल प्रयत्नमा छन् । 

ट्रम्पले कोरोना भाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सूईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने बताएका थिए । डाक्टरले यसले विनाशकारी नतिजा निम्त्याउन सक्ने बताउँदै यसको व्यापक आलोचना गरिरहेका छन् । ट्रम्पले आफ्नो उक्त बयानको विषयमा भनेका छन्, ‘मैले त मजाक गरेको थिएँ ।’

स्मरण रहोस्, अमेरिकामा आफ्ना राष्ट्रपतिलाई त्यहाँका जनताले नेपालीका प्रधानमन्त्री केपी ओलीसँग तुलना नगरे पनि नेपालमा चाहिँ सनकपूर्ण निर्णय, मिडिया प्रतिको कुदृष्टि र बोलीको टुङ्गो नहुने जस्ता धेरै समान खालका व्यवहारका कारण ओलीलाई ट्रम्पसँग तुलना गरिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस