aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘लकडाउन’ कसो गर्ने ? सिंहदरबारमा छलफल जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
‘लकडाउन’ कसो गर्ने ? सिंहदरबारमा छलफल जारी

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्ने उदेश्यले गत चैत १० गतेको मन्त्रीपरिषद बैठकले चैत ११ गतेदेखि नेपालभर लागू हुने गरि लकडाउन जारी राखेको छ । लकडाउनको अवधि दुई पटक थप गरि वैशाख १५ गतेसम्म पु¥याइएको छ ।

जारी लकडाउन थप गर्ने वा नगर्ने जारी राख्ने भए कसरी के कस्तो प्रकारले जारी राख्ने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । 

सिंहदरबारमा जारी बैठकमा लकडाउनको स्वरुप कस्तो हुने भन्ने बारेमा छलफल भइरहेको हो ।

अहिलेसम्मको स्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण गर्दै आगामी दिनमा लकडाउनको नीति कस्तो बनाउने भन्नेबारेमा छलफल हुँदै गरेको स्रोतले बताएको छ । 

छलफलपछि प्रधानमन्त्रीलाई जानकारी गराएर लकडाउनको स्वरुप कस्तो हुने भन्नेबारेमा निर्णय हुने जनाएको छ ।

काेराेनाभाइरसका कारण नेपालमा हालसम्म ४९ जनामा संक्रमण पुष्टि भइसकेकाे छ । जसमध्ये १० जना निकाे भइसकेका छन् भने ८९ जना अाइसाेलेशनमा राखिएकाे छ । यसैगरि १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा राखिएकाे छ । उक्त विवरण ९ हजार ४ सय ८ जनामा पीसीअार परिक्षण र ३८ हजार ८९ जनामा अारडीटी परिक्षणबाट फेला पारेका हुन् ।

हालसम्म विश्भर एक लाख ९७ हजार भन्दा माथीकाे संख्यामा मानिसहरूकाे काेराेनाभाइरकका कारण मृत्यु भैसकेका छन् भने २८ लाख ३३ हजार भन्दा माथीकाे संख्यामा संक्रमितहरू देखा परेका छन् । सबै भन्दा धेरै प्रभावित हुनेमा अमेरिका रहेकाे छ । अमेरिकामा हालसम्म ५२ हजार माथीकाे संख्यामा मानिसहरूले ज्यान गुमाइसकेका छन् । उक्त देशमा मात्र ९ लाख २५ हजार काेराेना संक्रमित देखिएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो
भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ । भारतमा भेटिएका संक्रमितमध्ये १११ जना विदेशी छन् ।

भारतमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ६ हजार ८१७ जनामा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै गुजरातमा दुई हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ भने दिल्लीमा दुई हजार ५१४ पुगेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म एक हजार ६२१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । बिहारमा पनि २२३ जनामा भाइरसको संक्रमण भेटिएको छ ।

अहिलेसम्म भारतमा ७७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा अहिलेसम्म ३०१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै गुजरातमा १२७ जनाको मृत्यु भइसकेको छ भने मध्य प्रदेशमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म २५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने बिहारमा दुईजनाको मृत्यु भएको छ ।भारतमा अहिलेसम्म पाँच हजार ६३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

कोरोना भाइरस : इटालीमा १५० डाक्टरको मृत्यु, २० हजारबढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म २५ हजार ९६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ९२ हजारभन्दा धेरै छ ।

संक्रमित र ज्यान गुमाउने १० प्रतिशत स्वास्थ्यकर्मी छन् । त्यसमध्ये १५० जना विशेषज्ञ चिकित्सकले ज्यान गुमाएका सीएनएनले उल्लेख गरेको छ । संक्रमितमध्ये झण्डै २० हजार स्वास्थ्यकर्मी रहेका छन् ।

इटालीको स्वास्थ्य स्याहार समूह (एएनएएओ)ले सरकारले स्वास्थ्य प्रणाली बचाउन प्रभावकारी कदम नचालेको भन्दै आलोचना गरेको छ ।

सरकारले स्वास्थ्य स्याहार क्षेत्रलाई बचाउन २५ अर्ब युरो प्रदान गर्ने घोषणा गरेको डेलीमेलले जनाएको छ । इटाली अमेरिकापछि धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

सुरुवाती चरणमा पर्याप्त ज्ञानको अभावले गर्दा स्वास्थ्यकर्मी नै संक्रमणमा परेका हुन् । पछिल्ला केहीदिनमा इटालीमा मृत्यु र संक्रमणमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस