aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु

काेहलपुर । बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको छ ।

क्वारेन्टाइनको ड्युटी सकेर मोटरसाइकलमा निवास फर्कने क्रममा  सो दुर्घटना भएको हो ।
 
ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाले आज बिहान करीब ३ बजे सो दुर्घटना भएको जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस