aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

भारतमा आवश्यक सुरक्षा अपनाएर पसलहरू खोल्न अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
भारतमा आवश्यक सुरक्षा अपनाएर पसलहरू खोल्न अनुमति

काठमाडौं । भारतले आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न दिने भएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ ।

मदिरा पसलहरू सञ्चालनको अनुमती भने दिइएको छैन । अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्र भने पसल खोल्न पाइने छैन ।

डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने समेत भनिएको छ । केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको बीबीसीले जनाएको छ ।

भारतमा पहिलो चरणमा १२ चैतबाट २ वैशाखसम्मका लागि लकडाउन घोषणा गरिएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन पनि २१ वैशाखसम्मका लागि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस