aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

हवाई उडान जेठ २ सम्म बन्द गर्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
हवाई उडान जेठ २ सम्म बन्द गर्ने निर्णय

काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ ।  शनिबार सिंहदरबारमा बसेको कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।

सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्‍याइएको हो।

प्रतिक्रिया दिनुहोस