
कोरोना भाइरसको उत्पत्तिको विषयमा अमेरिका र चीनबिच निकै कडा दोहोरी चलिरहेको छ । तर, अनुसन्धानकर्ताहरूको एक समूहले भने यो विषयमा निकै रोचक तथ्य सार्वजनिक गरिसकेको छ । जसले कोरोनाको उत्पत्ति मात्र नभएर यसको फैलावट र विश्वका विभिन्न भागमा देखिएको कोरोनाको स्वरूपबारे समेत धेरै कुरा स्पष्ट परेको छ ।
अमेरिका कै एक अनुसन्धानात्मक संस्था नेशनल एकेडेमी अफ साइनसद्वारा प्रकाशित एक अनुसन्धानात्मक लेखमा उल्लेख भएका तथ्यहरूले यी दुई परस्पर विरोधी मुलुकका नेताहरूको नै मथिंगल रिङाउने देखिएको छ ।
सो अनुसन्धान जर्मनीको इन्स्टिच्युट अफ फोरेन्सिक जेनेटिकका पेटर फ्रोस्टर, युनिभर्सिटी अफ क्याम्रिज अन्तर्गतको इन्स्टिच्युट अफ अर्कियोलोजिकल रिसर्चका लुसी फ्रोस्टर, फ्लुक्षुस तेक्निलोजी लिमिटेड बेलायतका कोलिन रेन्फ्रिउ र जर्मनीको क्रिस्चियन अल्बेर्ट युनिभर्सिटीको इन्स्टिच्युट अफ क्लिनिकल मोलिक्युलर बायोलोगीका अनुसन्धानकर्ता माइकल फ्रोस्टरले संयुक्त रूपमा गरेका हुन् ।
उनीहरूले कोरोना भाइरसको जिनोम्सको अध्ययन गर्न विश्वका विभिन्न भागका १६० जना सङ्क्रमितमा रहेको कोरोनाको स्वरूप र तिनीहरूमा पाइने पृथकता हेरेका थिए । यस क्रममा यिनीहरू कसरी कहाँबाट कता कता कसरी गए भन्ने पनि केलाइएको थियो ।
परापूर्व कालमा विश्वमा मानिसहरूको यात्रा कसरी भएको थियो भन्ने अध्ययन गर्ने अपनाइने गरेको अनुसन्धान विधिलाई प्रयोग गरी गरिएको सो अध्ययनले यो भाइरसका तीन वटा अवतार रहेको स्पष्ट परेको छ । उनीहरूले कोरोनाको फरक फरक त्यो अवस्थालाई ए, बि र सी गरी तीन वटा वर्गमा विभाजन गरेका छन् ।
सो अनुसन्धानको नतिजालाई निम्न अनुसारका बुँदामा समेट्न सकिन्छ :
• प्रमुख रूपमा तीन प्रकारका कोरोना भाइरस रहेको देखियो । जसमध्ये ए टाइपको भाइरस जुन मानिसमा देखियो त्यो ९६.२ प्रतिशत चमेरामा रहेको भाइरससँग मेला खान्छ ।
• कोभिड-१९ को उद्गम स्थल मानिएको चीनको वुहानमा टाइप बि कोरोना भाइरस देखिएको छ । टाइप बी भाइरस भनेको यो रोगको रूपमा मानिसमा देखिएको खस भाइरस हो । यो जुन चीनमा देखियो । मानिसमा प्रवेश गरेपछि विकसित भएको मानिएको यो टाइपको भाइरस चीन बाहिर कम मात्रामा छ । उता अमेरिका, युरोप र अस्ट्रेलियामा भने टाइप ए र सी भेटिएको छ । टाइप सी चाहिँ टाइप बी मा आएको परिवर्तनको रूपमा देखिएको छ ।
• चीनमा नदेखिएको टाइप सी दक्षिण कोरिया, हंगकंग र ताइवानमा भने देखिएको छ ।
• यो अध्ययनको सबैभन्दा महत्त्वपूर्ण पाटो यो हो कि वुहानमा देखिएको टाइप बी भाइरस चमेरोमा पाइने टाइप ए सँग मेल खाँदैन ।
यो अध्ययनको निष्कर्षमा अनुसन्धानकर्ताले के भनेका छन् भने कोरोना भाइरस चीनबाट विश्वभर फैलिएको भन्ने कुरा पुष्टि हुँदैन । चीनमा यसको जुन स्वरूप देखियो त्यो चमेरोमा पाइएको भन्दा बिल्कुलै फरक छ । अनि चमेरोमा पाइने भाइरससँग अमेरिका, युरोप र अस्ट्रेलियामा भेटिएको भाइरस मिल्छ ।
यो अध्ययनमा भाइरसले वातावरणीय आधारमा आफूमा ल्याउने परिवर्तनलाई समेत हेक्कामा राखेको छ । उनीहरूले भिन्न भिन्न भूगोलमा फरक फरक प्रकारको स्वरूपमा भाइरस पाइनुलाई यसले आफूलाई बलियो बनाउने र मानिसको शरीरले प्रतिरोध गर्दा आफूलाई नै परिवर्तन गर्ने गरेको रूपमा पनि हेरिएको छ ।
जे होस् अहिले जसरी अमेरिकाले चीनमा यसको उत्पादन गरिएको आरोप लगाउँदै वुहानमा त्यसको अनुसन्धान गर्ने भन्दैछ त्यो अनावश्यक रहेको यो अध्ययनले पुष्टि गर्छ । उता चीनले निकै अघिदेखि नै अमेरिकाले जैविक हतियारको रूपमा अमेरिकी सेनाले वुहानमा ल्याएर भाइरस छोडेको जसरी आरोप लगाइरहेको थियो त्यसलाई पनि यो अनुसन्धानले नकारेको छ ।
बरु, चमेरोमा प्राकृतिक रूपमा पाइने यो भाइरसको प्रारम्भिक स्वरूप वुहानमा नभेटिनु आफैमा अचम्मलाग्दो छ । उता अस्ट्रेलिया, अमेरिका र युरोपमा भेटिएको टाइप सी भने चीनको टाइप बी कै नयाँ स्वरूपको रूपमा प्रकट हुने झन् अनौठो छ । त्यही चमेरोको भाइरससँग मिल्ने टाइप ए पनि देखिनु झन् रहस्यमय छ ।
अब हुने थप अनुसन्धानले यसको उत्पत्ति र फैलावट बारे थप जानकारी त अवश्य नै दिने नै छ । अहिले त्यो अनुसन्धानात्मक लेखमा कसरी यो फैलियो भन्नेबारे प्रस्ट्याउन बनाइएको ग्राफिक्स हेरौँ ।
उल्लेखित अनुसन्धानात्मक लेखको पूर्ण पाठको लागी यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस