aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

डोटी । शिखर नगरपालिका वडा नं ८ बस्ने ३० वर्षीया राजु दमाईँको टाउकामा चोट लागेर मृत्यु भएपछि घटना शङ्कास्पद भएको जनाई पति कृष्णलाई जिल्ला प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । 

राजु गम्भीर घाइते रहेको खबर शुक्रबार प्रहरीलाई आएको र घटनास्थलमा गएर हेर्दा मृत्यु शङ्कास्पद देखिएकाले निजका श्रीमान्लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता तथा प्रहरी निरीक्षक कर्ण बोहराले बताए  । 

टाउको फुटेको अवस्थामा रहेको र बाँकी शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने  प्रहरी निरीक्षक बोहराले जानकारी दिए । घटना भएको दिन शुक्रबार एउटै कोठामा दमाईँ दम्पती मात्रै रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस