aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लकडाउनबारे छलफल गर्न आज मन्त्रिपरिषद बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
लकडाउनबारे छलफल गर्न आज मन्त्रिपरिषद बस्दै

काठमाडौं । लकडाउनबारेमा छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ। आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्ने भएको छ । 

प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकले लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बैठकले तत्काल लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको हो। समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यस्तै, सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ। अहिलेसम्म कोरोनाविरुद्ध सरकारले गरेको तयारी सफल भएको निष्कर्ष पनि निकालिएको छ।  

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भने अझै एक साता लकडाउन लम्व्याउन सिफारिस गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस