aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
यस्तो छ आजको मौसम

काठमाडौं । पछिल्ला केही दिन यता दिनहुँ जस्तो पानी परिरहेको छ। आज पनि  काठमाडौं उपत्यकासहित देशैभरि हावाहुरी, मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् बताएका छन् । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिमी क्षेत्र, तराई तथा पहाडका केही स्थानमा त मौसम बदली सुरु भइसकेको छ । आज तराई पहाड सबैतिर हावाहुरीसहितको वर्षा हुने सम्भावना छ।

अहिले बिहानैदेखि नै रहे पनि विशेष गरी दिउँसोपछि देशव्यापी रूपमा पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई छ ।  

प्रतिक्रिया दिनुहोस