
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा कोरोना भाइरसको विषयमा आयोजना गर्दै आएको दैनिक प्रेस सम्मेलन बन्द गरेका छन् । समाचारहरूमा जनाइए अनुसार ट्रम्पलाई उनका सल्लाहकारहरूले यसबाट उनको चुनावी अभियानलाई घाटा लाग्ने बताएपछि यो बन्द गरिएको हो ।
वास्तवमा ट्रम्प प्रेस सम्मेलनमा पत्रकारको प्रश्नमा यसरी फस्थे कि उनले त्यहाँ बोलेको कुरा पछि निकै नै आलोचनाको विषय बन्ने गर्थ्यो ।
ट्रम्पले आफैँ ट्विटरमा अब प्रेस ब्रिफ़िंगको कुनै मतलब नरहेको लेखेका छन् । हालका हप्तामा ट्रम्पले आफ्नो प्रेस ब्रीफ़िंगमा कोभिड-१९ को सङ्क्रमणलाई ठिक गर्नका लागि अप्रमाणित र गलत मेडिकल सल्लाह दिएका थिए । उनले कोरोनाको उपचारमा तापमान र मलेरियाको औषधिको प्रयोग गर्ने सल्लाह दिएका थिए । उनको यस्तो बयानपछि उनको विशेषज्ञ टिमले प्राय सार्वजनिक सफ़ाई दिनु परिरहेको छ ।
तर, शुक्रवारको प्रेस ब्रीफ़िंगमा उनले पत्रकारका कुनै पनि प्रश्नको जवाफ नदिएर सबैलाई अचम्मित पारेका थिए । त्यो सम्मेलन २२ मिनेट चलेको थियो तर त्यहाँ उनी सबै प्रश्नहरूमा मौनता साँधेर बसेका थिए । त्यस बेला अघिल्लो दिनको विवादास्पद बोलीको विषयमा जवाफ दिनुपर्ला भनेर उनी नबोलेको अनुमान लगाइएको थियो ।
ट्रम्पले पत्रकार सम्मेलन रोक्नुको कारण बारे ट्विट गर्दै लेखेका छन्, “व्हाइट हाउसको न्यूज़ कन्फरेन्सको कुनै अर्थ छैन किनकि पक्षपाती मिडियाले शत्रुतापूर्ण सवाल गर्छन् अनि केही नसोध्ने तर तथ्यगत रिपोर्ट नगर्ने गरिरहेका छन् । उनीहरूलाई यसो गर्दा रेटिंग मिल्छ र अमेरिकी जनताले गलत समाचारका अलावा अरू केही पाउँदैनन् ।”
प्रतिक्रिया दिनुहोस