aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीको समयमा अत्यावश्यक परेका आफ्ना नागरिकलाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ ।

अत्यावश्यक परेका बाहेकलाई जहाँ छन्, त्यहीँ रहने र आवश्यक परेकालाई सोही ठाउँमा पुगी राहत वितरणको व्यवस्था गर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकामा स्थायी ठेगाना भई काठमाडौ उपत्यकाभित्र बसोबास गरिरहेका नागरिकलाई राहत र उद्धारमा सघाउन पनि आग्रह गरिएको गउँपालिकाका अध्यक्ष टासी लामाले बतए ।
 
जुगलमा आवतजावतमा रोक 
स्थानीय तहले उपत्यकाबाट धमाधम आफ्ना नागरिकलाई गाउँ ल्याइरहेका बेला जुगल गाउँपालिकाले आवागमन रोकेको छ ।

दैनिक ज्यालादरी मजदुरी गर्ने र  काठमाडौँ उपत्यकामा अलपत्र परेका जुगलबासीको परिवार संख्याका आधारमा राहत उपलब्ध गराउन भने गाउँपालिकाले पहल गरिरहेको छ । 

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष  र वडाध्यक्षहरुले हस्ताक्षर गरी जारी गरेको सङ्कल्प प्रस्तावमा जस्लाई जहाँ समस्या परेको हो, त्यहाँ त्यहीरुपमा समाधान गर्ने जनाइएको छ । 

पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले गाडीमा कोचाकोच गरेर धमाधम मानिस ल्याउने प्रवृत्ति देखिएकाले आफूहरु कडाइ गर्न विवश भएको बताए । 
 

प्रतिक्रिया दिनुहोस