
विरगन्ज । नेपालका कोरोना संक्रमित धमाधम निको हुँदै गएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालको आइशोलेसनमा राखिएका ५ मध्ये ४ कोरोना संक्रमित पनि निको भएका छ्न् ।
नारायणी अस्पतालका एक चिकित्सकका अनुसार अस्पतालमा उपचाररत ५ मध्ये तीन भारतीय मुस्लिम जमाती र रौतहटका १ युवक गरी ४ जनाको तेश्रो र चौथो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएकोले केहिबेरमा डिस्चार्ज गरिने जनाए ।
उनका अनुसार डिस्चार्ज गर्न लागिएका चार मध्ये रौतहटका युवकलाई आफन्तको जिम्मा लगाएर घर पठाइने छ भने तीन भारतीय जमातीलाई भने सीमा बन्द रहेकाले वीरगन्जकै क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ ।
रौतहटका संक्रमित युवकलाई बैशाख १ गते संक्रमणको पुष्टि भएको थियो भने ३ जना भारतियलाई चैत ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
योसंगै नेपालको कोरोना संक्रमित निको हुनेको संख्या १६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस