aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

अन्ततः जाने भए डा. जैशी कोल्टी स्वास्थ्य केन्द्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
अन्ततः जाने भए डा. जैशी कोल्टी स्वास्थ्य केन्द्र

बाजुरा । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा राजुराज जैशी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जान तयार भएका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आफू कसैको दवाव वा कारवाहीको डरले जाने नभइ सेवाका लागि जान लागेको जैशीको भनाइ छ । 

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको पत्रको अवज्ञा गरेको आरोप लागेका डा जैशी कसैको अण्डरमा नभई जनताको सेवाका लागि जान लागेको बताएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कोल्टी जान निर्देशन गरेपछि बीचमा जैशीले नजाने बताएको थियो ।

डा राजुराज जैशीलाई सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यसअघि वैशाख ६ गते २४ घण्टाभित्र जान पत्रचार गरेको थियो तर डा जैशी भने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा नगएर मार्तडीमै बसेका थिए । 

पछि निर्देशनालयले मौखिकरूपमा हाजिरी नगर्नसमेत भनेको थियो । आफूलाई पत्रचार गर्दा २४ घण्टाभित्र पुग्न पत्र आएपछि आफू जान अटेर गरेको उहाँको भनाइ छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा तीन महिना बसेर सेवा गर्ने वातावरण राम्रो मिल्यो भने बढी पनि बस्ने डा जैशीले बताए ।
 
कोल्टिमा गएर कोभिड–१९ रोकथाम र जनताको सेवामा लाग्ने बताए । स्थानीय सरकार, स्वास्थ्यकर्मीसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ । जैशी जाने भएपछि करिब एक वर्षपछि कोल्टीले चिकित्सक पाउने भएको छ । 

कोल्टी प्राथमिक स्वाथ्य केन्द्रमा एक मेडिकल अधिकृत, एएच एक, स्टाफ नर्स एक, अनमी तीन, अहेव तीन, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी दुई गरी १२ जनाको दरबन्दी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए । 

सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशमा काम गरिरहेका चिकित्सकलाई परिचालन गर्दा अटेर गरेर बसेको जनकारी दिएको थियाे ।

सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले एक विज्ञप्ती जारी गर्दै चिकित्सकलाई निर्देशन दिँदा पनि अटेर गरेर बसेको हुनाले स्वास्थ्य मन्त्रालयलाई चिकित्सक व्यवस्थापन गर्नको लागि अनुरोध गरेको हुन् ।

बाजुरा जिल्ला अन्तर्गत कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सकको परिपुर्ति हुन नसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ  । ‘केन्द्रमा हाल कोरोना नियन्त्रणको लागि आइसोलेसन कक्ष समेत रहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘बाजुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु मध्ये एक जनालाई काजमा खटाउन पत्रचार गरेकोमा बाजुरा अस्पतालले त्यस पत्र अनुसार चिकित्सक खटाउन नसिकने जनाकारी दियो ।’

निर्देशनालयले त्यसपछि सरकारको छात्रवृत्तिमा अध्ययनरत डा. राजु राज जोशीलाई कोरोना रोगको महामारी नियन्त्रण नहुनन्जेल सम्म खटिएकै ठाउँबाट तलब भत्ता पाउने गरी कामकाजका लागि गर्न पुन पत्रचार गरेको थियो ।  

तर, डा. राजु राज जैशी पनि स्वास्थ्य निर्देशनालय दिपायल डोटीबाट गरिएको पत्राचारको अवज्ञा गरी काम गर्न खटाएको ठाउँमा नगई अटेर गरि बसेको निर्देशनालयले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पत्रचार गरेको थियाे । 

प्रतिक्रिया दिनुहोस