aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिम्रिक एयर र तीन बैंकको चक्रब्यहुँमा अग्नी एयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ बैशाख २०७६
सिम्रिक एयर र तीन बैंकको चक्रब्यहुँमा अग्नी एयर

 व्यवसाय गर्दा आफैंले मात्र ध्यान पुर्याएर नपुग्ने उदाहरण व्यवसायी सुशील बस्नेतलाई तीनवटा बैंकले गरेको बैमानीबाट पुष्टि भएको छ । बस्नेत अध्यक्ष रहेको अग्नी एयरमा छोरा सुधीर बस्नेतको व्यवसायमा बैंकले धोका दिएपछि सबै व्यवसाय धरासयी हुँदै गए ।

बस्नेत धरासयी हुँदै जाँदा त्यसको फाइदा तत्कालीन ग्रान्ड बैंक, सनसाइज बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स (हाल सिभिल बैंकसँग मर्ज) मिलेर अग्नी एयरलाई नै हत्याउने योजना बन्यो ।

५ वटा विमानमध्ये २ वटामा ४० लाख खर्च गरेर सञ्चालन हुने अवस्थामा रहेका थिए । अग्नी एयरका अध्यक्ष बस्नेत भन्छन्–‘बैंकहरुको दबाबले गर्दा मैले सिम्रिकलाई एयरलाइन्स दिनुपरेको हो । साढे पाँच वर्षको कुरा त हो नि भनेर बैंकहरुको रोहवरमा सिम्रिक एयरलाई करार सम्झौता गरेर दिएको हुँ ।’

अग्नी एयरका केही विमान मर्मतको अभावमा ग्राउन्डेड भएपछि विमान उड्न सकेनन् त्यही बेला लिड बैंकको रुपमा काम गरिरहेको ग्रान्ड बैंकका प्रमुख कार्यकारी अधिकृतले अध्यक्ष बस्नेतलाई अग्नी एयर लिजमा दिने प्रस्ताव गरे । लिजमा दिने र विमान उडाउने आश्वासनसहित तीनवटा बैंकका प्रमुख बसेर २०७० असोज सम्झौता गरिएको थियो ।

अग्नी एयरको स्वामित्वमा रहेका डोनियर, जेट स्ट्रिम वायुयान र सो वायुयानसँग सम्बन्धित पार्टपूर्जा उपकरणहरु बैंकको प्रत्यक्ष अगुवाईमा लिज (करार) मा सञ्चालन गर्न साढे पाँच वर्षका लागि सिम्रिक एयरलाई दिने सम्झौता भएको थियो ।


उक्त करारको बुँदा नम्बर २ को १ मा भनिएको छ– ‘ प्रथम पक्ष (अग्नी एयर) पक्षको हक स्वामित्वका उल्लेखित ५ थान जहाजहरु हाल ग्राउन्डेड रहेको र जहाजलाई सञ्चालन गर्नका लागि मर्मत सम्भार गर्नुपर्ने भएकाले जहाजहरु क्रमशः रुपमा मर्मत सम्भार गर्दै सञ्चालमा ल्याउने तथा सञ्चालन खर्चको बन्दोबस्ती गर्ने कार्य दोस्रो पक्ष (सिम्रिक एयर) ले गर्नेछ । यसरी मर्मत सम्भार गर्नका लागि आवश्यक पर्ने रकम सञ्चालन खर्च दोस्रो पक्षले सहवित्तीयकरण कर्जा लगानी गर्ने बैंक तथा वित्तीय सस्थाको सहमतिबाट स्वीकृतिबाट उपयुक्त बैंक वा वित्तीय सस्थाबाट ऋण कर्जा लिइ लगानी गर्नेछ ।

सम्झौताको ५ नम्बर बुँदामा सम्झौता अवधि अगावै कुनै एक पक्षले सम्झौता भंग गरेमा क्षतिपूर्ति लिनेदिने उल्लेख भए पनि अहिले दोस्रो पक्षले सम्झौता मात्र भंग गरेन प्रथम पक्षको भएको जयजेथा समेत हड्प्को छ ।

सम्झौतमा उल्लेख भएअनुसार अग्नी एयरका विमान केही दिन आकाशमा उडे तर सम्झौतमा भनिएअनुसार २ वटा विमान ४५ दिनभित्र र १८० दिनभित्र अरु २ वटा विमान सञ्चालनमा ल्याउने उल्लेख छ ।

करार सम्झौताको ३ नम्बर बुँदामा ऋण तथा कर्जाको बारेमा स्पष्ट खुलाइएको छ जहाँ प्रथम पक्षको नाममा ग्रान्ड बैंकको अगुवाईमा लगानी भएको सहवित्तीयकरण कर्जाको सावाँ, ब्याज किस्ता र सहवित्तीयकरण बैंकले तोको सर्त बमोजिम नियमित रुपमा बुझाउनुपर्ने रकम दोस्रो पक्षले बुझाउनुपर्ने छ पनि भनिएको छ । तर, बैंकलाई तिनुपर्ने सावाँ, ब्याज र किस्ता सिम्रिक एयरले तिरेको छैन ।

सिम्रिक एयरले बैंकको किस्ता नतिरेपछि अग्नी एयरको जेटस्ट्रिम ४१ को पार्टपूर्जा तीन वटा बैंकले लिलामीमा बिक्री खुल्ला गरिएको छन् । ग्रान्ड बैंक प्रभु बैंकमा मिसिएपछि अहिले प्रभु बैंकको अगुवाईमा सनराइज र सिभिल बैंक गरी तीन बैंकले उक्त एयरका पाटपूर्जा लिलामीमा बिक्री गरी बक्यौता असुल गर्न लागेका हुन् ।

सुधीर बस्नेतले आफ्ना बाबु सुशील बस्नेतलाई अग्नी एअरको अध्यक्ष बनाएका थिए । अग्नीका जेटस्ट्रिम ४१ जहाज र हवाईजहाजका पाटपूर्जा लिलामीमा रहेका छन् । तीन बैंकले १६ दिनको सार्वजानिक सूचना दिएर लिलामी निकालेका हुन् ।
ग्रान्ड बैंकको नेतृत्वमा सनराइज बैंक र आइएलएफसी वित्तीय संस्थाले अग्नीमा सहवित्तीयकरणमा लगानी गरेका थिए । अग्नीले लिएको सावाँ र ब्याज पनि भुक्तानी नभएपछि बैंकहरुले यसअघि पनि पटक–पटक अग्नीलाई लिलामीमा पठाउने प्रक्रियासमेत शुरु गरेको बैंकले जनाएको छ । तर, करार सम्झौता कार्यान्वयन भनएको भन्दै अग्नी एयरका अध्यक्ष बस्नेतले भने अदालत मुद्दा दायर गरेको पनि वर्षदिन भन्दा बढी भइसकेको उनले बताए ।

तीन बैंकद्वारा जारी सूचना अनुसार अग्नीलाई कर्जा चुक्ता गर्न पटक–पटक लिखित एवम् मौखिक तोकता गरे पनि त्यसको बेवास्ता गरिगरेका कारण २०७२ वैशाख २४ मा कर्जा चुक्ता गर्ने ३५ दिने सूचना, बैंक तथा वित्तीय संस्थालाई लेखाइएकोे धितो संरक्षण लिलाम बिक्री गर्न जेठ २८ गते १५ दिने सूचना, २०७२ कै असोज ६ गते सात दिने सुचना प्रकाशित गरिएको थियो ।

त्यस्तै बैंकले पुनः २०७४ जेठ २३ गते हवाईजहाज र सोका पार्टपूर्जा बिक्री गरी कर्जा असुल गर्ने सुचना निकाले पनि कर्जा चुक्ता तथा धितो लिलाम बिक्री नभएपछि बैंकहरुले कात्तिक १९ गते पुन १५ दिने सूचना निकालेका हुन् ।
बैंकहरूले अग्नीका पाँचवटा जहाज, सम्पूर्ण पार्टपुर्जा तथा भक्तपुरका विभिन्न ठाउँमा रहेका जग्गा, घरलगायत धितो राखेर ऋण लगानी गरेका छन् । बैंकहरुले २९ सिट क्षमतायुक्त तीनवटा जेटस्ट्रिम–४१ र १९ सिटे दुईटा डोर्नियर–२२८ मोडेलका जहाज धितोमा ऋण दिएका हुन् ।

सोही विमानको स्पेस पार्टहरु एक वर्ष पहिला सिम्रिक एयरले नै डोनियर २८ विमान ४० करोडमा खरिद गर्ने र बाँकी तीनवटा जेट स्ट्रिम विमान बिक्री प्रस्ताव सिम्रिकबाट आएको बस्नेत बताउँछन् । तर, हाल त्यही विमानको मूल्य कौडीको भाउमा सिम्रिक र बैंक मिलेर बेच्न लागेको बस्नेतको आरोप छ ।

प्रतिक्रिया दिनुहोस