
काठमाडौं । साहसिक आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा चुमेका छन् । एकै सातामा दुई पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका शेर्पाले एक सातामै २ पटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।
शेर्पाले यही जेठ १ गते बुधबार बिहान बजेर ५० मिनेटमा सगरमाथा चुमेको एक साता नवित्दै फेरि आज बिहान सफल आरोहण गरेको हुन । उनले आज बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखर चुमेका हुन् ।
शेर्पाले आफ्नै नाममा रहेको सबैभन्दा धेरै पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान यो पटक आफैंले दुई पटक तोडेर नयाँ रेकर्ड बनाएको पर्यटन विभागको भनाइ छ निरन्तर सगरमाथा आरोहण गरिरहेका शेर्पाले पछिल्ला वर्ष आफ्नै कीर्तिमान तोड्दै नयाँ किर्तिमान बनाउँदै आएका छन् ।
कामीरिताको आरोहणको व्यवस्थापन सेभेन समिट्स ट्रेक्सले गरेको हो । कामीरिता यो पटक भारतीय टोलिको नेतृत्व गर्दै सगरमथा गएका थिए ।
सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका ४९ वर्षीय कामरीताले सन् १९९८ मा पहिलोपटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए । त्यसपछि उनले २००९, २०१० र २०१३ मा उनले एकै सिजनमा तिनपटकसम्म सगरमाथाको शिखर टेकेका छन् ।
सोलुखुम्बुको खुम्बु–पासाङल्हामु–५ थामेका कामीरिताले २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका छन् । यस अघि यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् । कामीरिताले भने २२ पटकको रेकर्डलाई यो वर्षबाट २४ पटकको रेकर्ड बनाउन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस