aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

चीनले लगायो यी व्यवहारमा प्रतिबन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
चीनले लगायो यी व्यवहारमा प्रतिबन्ध

चीन । चीनले सरसफाइलाई अझ महत्त्व दिँदै असभ्य क्रियाकिलाप र व्यवहारमा प्रतिबन्ध लगाएको छ । जसका अनुसार बिना हात वा कुनै रुमाल र टिस्यु पेपर खोक्न वा हाच्छिउँ गर्न प्रतिबन्ध लगाएको छ । 

कोरोना भाइरस ९कोभिड १९० को महामारीका बीच सरसफाइ बनाइ राख्ने उद्देश्यसहित निकालिएको नियमावलीमा यी कुरा पनि समेटिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार सार्वजनिक ठाउँलाई सुरक्षित बनाइ राख्ने उद्देश्यले यो कदम उठाइएको हो। 

यो नियम लागू गर्नुको पछाडि मानिसहरुलाई सभ्य व्यवहारप्रति प्रोत्साहित गर्नु हो । साथै यसलाई कोरोना भाइरसको महामारीसँग पनि जोडेर हेरिएको छ, चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । 

यो नियमको उल्लङ्घन गर्नेले जरिबाना तिर्नुपर्नेछ । यसका साथै सार्वजनिक ठाउँमा मास्क नलगाउने ९यदि ऊ अस्वस्थ छ भने० पनि जरिबाना तिर्नुपर्ने हुन्छ । यी नियममा एकअर्काबीच एकदेखि दुई मिटरसम्मको दुरी राख्न पनि भनिएको छ । 

मानिसहरुलाई सफा कपडा लगाउन र शर्टलेस (नाङ्गो जीउ) नघुम्न भनिएको छ । बेइजिङमा यसअघि नै असभ्य मानिने व्यवहारहरु– थुक्न, फोहर यता–उता फ्याक्न, कुकुरलाई खुला छोड्न, अग्लो भवनबाट सामान फ्याक्न, खुला ठाउँमा शौच गर्न र धुम्रपान गर्नेलाई लिएर कडा नियम बनाएको छ । 

यो कानुनले सामाजिक रुपमा क्षति पुर्‍याउनेलाई पनि गम्भीर अपराधको रिपोर्ट गर्न प्रहरीलाई प्रोत्साहित गर्छ ।  एजेन्सी 

प्रतिक्रिया दिनुहोस