
काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायमाथि आइतबार साइबर अपराधको मुद्दा दर्ता गरिएको छ । उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको हो।
तीन दिनको अनुसन्धानपछि प्रहरीले विद्युतीय कारोवार ऐनको दफा ४७ बमोजिम पाँच वर्षसम्मको कैद सजाय वा एक लाख रुपैयाँसम्म जरिवाना माग गर्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको साइवर ब्युरोले जनाएको छ ।
उपाध्यायलाई सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको निहुँमा प्रहरीले बुधबार पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस