aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बास्कोटा भन्छन्- गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
बास्कोटा भन्छन्- गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ

काठमाडौं । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? भन्दै गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्ने बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको हाेइन, राजनीतिले गणितको फैसला गर्छ। तिनाउको किनारमा रामापिथेकसको नलीहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौंमा बस्ती नै बसाउन सक्ने थिएनन्।’

७० करोड घुस अडियो प्रकरण विवादमा तानिएपछि नेता बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा गरेका थिए। 

प्रतिक्रिया दिनुहोस