aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पूर्वआइजिपी खनालसहितले सांसद यादवलाई अपहरण गरेको भन्दै उजुरी दिन पुगे जनता समाजवादीका नेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
पूर्वआइजिपी खनालसहितले सांसद यादवलाई अपहरण गरेको भन्दै उजुरी दिन पुगे जनता समाजवादीका नेता

काठमाडौं । समाजवादी पार्टीका सांसद  सुरेन्द्र यादवले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सांसद यादवको अपहरण उजुरी गर्न जनता समाजवादीका नेताहरु महानगरीय प्रहरी परिसर टेकु पुगेका हुन् । 

उजुरी दिन पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा सांसद सुरेन्द्र यादव परिसर पुगेका छन्। हालै एकीकरण भएका राजपा र समाजवादीका नेताहरु टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा आन्तरिक छलफल गरी परिसर पुगेका छन्।

वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोपमा समाजवादी पार्टीले लगाउँदै आएको छ।
 

प्रतिक्रिया दिनुहोस