aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कालिञ्चोक केवलकार सञ्चालन हुन नपाइ किन बन्द भयो होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ जेठ २०७६
कालिञ्चोक केवलकार सञ्चालन हुन नपाइ किन बन्द भयो होला ?

काठमाडौं । कालिञ्चोक केवलकार जग्गा अतिक्रमणको विवादका कारण आइतबारदेखि बन्द भएको छ। दोलखाको कुरी क्षेत्रका स्थानीय र केवलकारबीच शनिबार भएको विवादले केवलकारको सेवा प्रभावित भएको हो।

स्थानीयसँग गत शनिबार दिउँसो भएको विवादले आइतबारबाट केबुलकार सञ्चालन बन्द भएको हो। कालिञ्चोक केवलकारका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटीका अनुसार स्थानीयले केवलकारमा तोडफोड गरेको र भौतिक संरचनामा आक्रमण गर्न खोजेपछि केबुलकार बन्द गरिएको हो।

उनका अनुसार स्थानीयको आक्रमणबाट दुईमध्ये केबुलकारको एउटा सिस्टम पूर्ण बन्द भएको छ एउटा सिस्टममा स्थानीयको आक्रमणबाट करिब एक करोड ६३ लाख रुपैयाँको क्षति भएको दाबी उनले गरे। उनका अनुसार क्षतिपछि बन्द गरिएको हो।

केबुलकारले कालिञ्चोक कालिकामाई गुठीको ४७ रोपनी जग्गा प्रयोग गर्ने गरी भएको सम्झौताअनुसार १५र१६ रोपनी क्षेत्रलाई तारबार लगाइएको थियो। केबुलकारले सम्झौता अनुसारको जग्गालाई प्रयोग गर्ने गरी तारबार लगाउन खोज्दा स्थानीयले विरोध गरेको शिवाकोटीको भनाइ छ।

५२ करोड रुपैयाँ लगानी गरेको उक्त केबुलकारले आवश्यक संरचना बनाएको हो। केबुलकारले भूबहाल कर र सरकारलाई राजस्व तथा भ्याट तिरेर वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेको छ।

सरकारलाई कुनै कर नतिर्ने र गुठीको जग्गा अतिक्रमण गरेर बसेका स्थानीय व्यवसायीले विरोध गरेर केबुलकार बन्द गराएको भनाइ शिवाकोटीको छ। स्थानीयका अनुसार केवलबारले सम्झौताविपरित संरचना बनाएको र होटल तथा रेस्टुरेन्ट सञ्चालन गरेकाले विरोध गरिएको हो। केवलकार सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनीले अन्य व्यवसाय गरेको र स्थानीयको होटललाई धरासायी बनाउन खोजेको तथा गुठीको जग्गा कब्जा गर्न खोजेकाले विरोध गरेको बताए। आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस