aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाको मुहान, चीनको वुहान अब कोरोना मुक्त शहर !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
कोरोनाको मुहान, चीनको वुहान अब कोरोना मुक्त शहर !

एजेन्सी । चीनको वुहान शहर जहाँबाट कोरोना महामारीको शुरुवात भयो त्यो अब कोरोना मुक्त शर भएको छ । हिजो (आइतबार) यो महामारी शुरु भएपछि पहिलोपटक कुनै पनि नयाँ बिरामी अस्पताल भर्ना भएनन्  ।

समाचार एजेन्सी पीटीआईका अनुसार  चीनको सरकारी समाचार एजेन्सी शिन्हुआलाई उदृत गर्दै लेखेको छ कि वुहानमा अब कोभिड-१९ का एकजना पनि संक्रमित छैनन् ।

चीनको हुवेई प्रान्तको राजधानी वुहान अढाई महिना अर्सेथात् ७६ दिनसम्मको लगातार लकडाउन पछी अप्रिल ८ तारिकको दिन खुल्ला गरिएको थियो  ।

चीनको राष्ट्रीय स्वास्थ्य आयोगका प्रवक्ता मी फ़ेंगली यो उपलब्धि वुहानका  स्वास्थ्यकर्मिको कडा मेहनत र यो भाइरससँग लड्न देशभरबाट वुहान पुगेका स्वयम् सेवकको अथक प्रयासबाट सम्भव भएको बताएका छन्  ।

चीन की सरकारी समाचार एजेंसी शिन्हुआ के अनुसार आयोगका प्रवक्ताले भने कि  वुहानमा रहेका अन्तिम संक्रमितलाई शुक्रबार अस्पतालबाट घर पठाएपछी संक्रमितको संख्या शुन्य भएको हो  ।

प्रतिक्रिया दिनुहोस