aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ओलीतन्त्रको चिहान अझै गहीरोसँग खन्यो है !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
ओलीतन्त्रको चिहान अझै गहीरोसँग खन्यो है !

काठमाडौं । करिब दुई दर्जन कार्यकर्ता अघिपछि लगाएर पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताहरुलाई काठमाडौं प्रहरीले फर्काइदिएपछि डा. बाबुराम भट्टराइले ओलीतन्त्रको चिहान अझै गहीरोसंग खनेको प्रतिक्रिया दिएका छन् । 

आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गर्नेविरुद्ध उजुरी गर्न भन्दै पुगेका उनीहरुलाई प्रहरीले फर्काइदिएको घटना तर्फ इंगीत गर्दै भट्टराइले सामाजिक सञ्जाल फेसबुकमा बहः पोखेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा आप्mनो गुनासो पोख्दै लेखे ‘देशको राजधानीमै अपहरण जस्तो गम्भीर मुद्दामा पूर्व प्रम/उपप्रम/मन्त्री (८ जना), वहालवाला सांसद ( ६ जना ), एक दर्जन वकिल र दर्जनौं पत्रकारको सामुन्ने पीडित पक्षले जाहेरी दिंदा ओलीतन्त्रले प्रहरीलाई नलिन आदेश दिनसक्छ र रोक्छ भने गाउँका कुनाकाप्चामा के हुँदो हो ? यसले ओलीतन्त्रको चिहान अझै गहीरोसंग खन्यो है !’

महानगरीय प्रहरी परिसर टेकु पुगेका नेताहरु राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहितलाई प्रहरीले उजुरी नै नलिइ फर्काइदिएको हो ।  जनता समाजवादी पार्टीका नेताहरुसहित पुगेका डा। यादवले आफ्नो 'राजनीतिक अपहरण' विरुद्ध किटानी जाहेरी दिने तयारी थियो । तर काठमाडौं प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिरको भन्दै उनीहरु सबैलाई फर्काइदिएको थियो । 

भट्टराइले सोही प्रसंगमा अर्को पोष्टमा भने ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

नेता डा. भट्टराईका सहयोगी विश्‍वदीप पाण्डेले परिसरका एसपी र डीएसपीले जाहेरी दिने ठाउँ अन्तै भएको भन्दै फर्काइदिएको बताए ।

प्रतिक्रिया दिनुहोस