aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
लकडाउन

स्टिल उद्योगीका पीडाः मृत अवस्थामा रहेका हामी अझ सकसमा छौं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
स्टिल उद्योगीका पीडाः मृत अवस्थामा रहेका हामी अझ सकसमा छौं
किरण भक्त साख, ध्रुवकुमार श्रेष्ठ, सौरभ ज्योति र उमेश बराल

काठमाडौं । बजार मागभन्दा आपूर्ति बढी हुँदा त्यसै त संकटमा परेका आइरन तथा स्टिल उद्योगहरू लकडाउनले अझ सकसमा पारेका छन् । धमाधम पूर्वाधार निर्माणका काम अघि बढ्ने बेलामा परेको लकडाउनले स्टिल उद्योगहरूमा अझ समस्यामा पर्ने देखिएको हो । त्यसै त घाटामा सञ्चालन भइरहेका स्टिल उद्योगहरू अझ लकडाउनको मारमा परेको साख टोर स्टिलका प्रवन्धक तथा नेपाल स्टिल तथा रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष किरण साखले बताए ।

‘बजारमा त्यसै त अस्वस्थ प्रतिस्पर्धाका कारण स्टिल उद्योगहरू मार्कामा थिए,’ उनले भने ‘कोरोनाका कारण लकडाउन भएपछि अझ सकसमा उद्योगहरू परेका छन् ।’ सरकारले रेस्क्यु गरेन उनले भने ‘त्यसै त मरेको स्टील उद्योग विस्थापित नै हुने अवस्थामा पुग्छ ।’ यो विपदको समयमा उद्योगहरूलाई बचाउने जिम्मेवारी सरकारको भएको पञ्चकन्या ग्रुपका उपाध्यक्षध्रुवकुमार श्रेष्ठले बताए ।

‘यस्तो विषम परिस्थितिमा नेपाल सरकार र बैंकहरूले पनि विचार गरिदिनुपर्छ,’ उनले भने ‘उद्योग धन्दा सञ्चालन गर्न दिनुपर्ने सेवा सुविधा दिएमात्र उद्योग बच्न सक्छ ।’ त्यसै त न्यून मागका कारण उत्पादन क्षमताभन्दा कम उत्पादन गरेर बस्न बाध्य उद्यमीहरू अहिले फेरि कोरोनाको मारमा परेको उनले बताए । अब यसको प्रभाव कस्तो रहन्छ, त्यो भन्न सक्ने अवस्था छैन । अहिले त बाच्नु र बचाउनु नै सबैभन्दा ठूलो कुरा हो,’ श्रेष्ठले भने ।

नेपालमा करिब ४ खर्ब रुपैयाँ लगानी रहेको स्टिल कारखानाहरू अहिले ताला लागेका ज्योति ग्रुप(हिमाल स्टिल) का निर्देशन सौरभ ज्योतिले बताए ।  ‘यसैका  कारण करिब १० हजार कामदारहरू बेरोजगार बनेका छन्,’ उनले भने ‘२०७२ को महाभूकम्प पश्चात स्टिल उद्योगको माग धेरै हुने अनुमानका आधारमा सञ्चालनमा आएको यस्ता उद्योग महामारी आउनुभन्दा पहिले नै मृत जस्तै अवस्थामा थिए ।’

उनी भन्छन्, ‘नेपालमा हरेक पटक आत्मनिर्भरका कुरा चर्को रुपमा उठ्छ, यस्ता विषय कागजमा मात्र सीमित हुने परम्पराले स्टिल क्षेत्रमा गरिएको लगानी बढी जोखिममा छ ।’ हाल नेपालमा २५ वटा स्टिल उद्योग सञ्चालनमा रहेका छन् भने तीन वटा नयाँ सञ्चालन हुने क्रममा रहेको छ । २०७२ को महाभूकम्प पश्चात स्टिलको माग धेरै हुने अनुमानका आधारमा सञ्चालनमा आएका स्टिल उद्योग महामारी आउनुभन्दा पहिले नै मृत जस्तै अवस्थामा थिए ।’

उनी भन्छन्, ‘नेपालमा हरेक पटक आत्मनिर्भरका कुरा चर्को रुपमा उठ्छ, यस्ता विषय कागजमा मात्र सीमित हुने परम्पराले स्टिल क्षेत्रमा गरिएको लगानी बढी जोखिममा छ ।’ हाल नेपालमा २५ वटा स्टिल उद्योग सञ्चालनमा रहेका छन् भने तीन वटा नयाँ सञ्चालन हुने क्रममा रहेको छ । उनले भने ‘२०७२ को महाभूकम्प पश्चात स्टिलको माग धेरै हुने अनुमानका आधारमा सञ्चालनमा आएका स्टिल उद्योग महामारी आउनुभन्दा पहिले नै मृत जस्तै अवस्थामा थिए ।’

सरकारले पूर्वाधारमा लगानी गर्ने भनेर २ वर्षको अवधिमा बजारमा ओभर सप्लाई हुने गरी स्टिल उत्पादन भएको ज्योतिले बताए । उनले भने, पूर्वाधारका ठूला ठूला परियोजना बन्छन् भनेर धेरै स्टिल कम्पनी खुले तर, अहिले आएर फेरि उद्योगमा लगानी गर्ने निजी क्षेत्रको लगानी संकटमा पर्ने अवस्था आएको छ ।’ यस्ता ठूला संकटहरू आएपछि कम्पनीको लगानीमात्र होइन लाखौंको रोजगारी समेत गुम्ने देखिएको छ ।

२०७२ सालको भूकम्प लगत्तै नेपालको स्टिल उद्योगमा हत्तै लगानी बढेको  थियो । भूकम्पपछि केहि समय निर्माण काम ठप्प भएकाले स्टिलको माग समेत भएको थिएन । केहि समयपछि यी उद्योगले राहत पाउने अवस्थामा पुग्दै गर्दा फेरि विश्वभरी फैलिएको यो महामारीले गर्दा उद्योग नै टहसनहस हुने अवस्थामा पुगेको शारडा ग्रुप(प्रिमियर स्टिल)का जनरल म्यानेजर उमेश बरालले बताए ।

यो महामारीले निर्माणाधिन र नयाँ निर्माण शुरु गर्न लागिएका आयोजनाहरू कम्तिमा एक वर्षका लागि ठप्प हुने अवस्थामा पुगेको उनले औल्याए । उनले भने, सरकारी रातो कितावका आधारमा परियोजना बन्लान भनेर स्टिलमा लगानी गर्नेहरू परियोजना कितावमात्रै सीमित हुँदा अब उद्योग कसरी बचाउने भन्ने चिन्तामा डुबेका छन् ।’

सरकारले आवश्यकताभन्दा बढी स्टिल उद्योगको सञ्चालन अनुमति दिँदा यो अवस्था आएको म्यानेजर बरालले बताए । सरकारले उद्योग खोल्ने अनुमति दियो तर, उक्त उद्योगबाट उत्पादन हुने सामानको बजार विस्तारमा भने कुनै चासो देखाएन ।’

त्यसै त थला परेको स्टील उद्योगहरू लकडाउनले अझ संकटमा फसेको हामा स्टीलका बिक्री प्रवन्धक राकेश सिहले बताए । अहिले उत्पादन र कारोबार दुबै बन्द भएको छ । कम्तीमा पनि एक महिनामा ६०/७० करोडको कारोबार हुन्थ्यो, अहिले बन्द गरेर बस्नु पर्ने अवस्था आएको छ,’ उनले भने ‘ठूला परियोजनाबाट माग भएमा यहि अवस्थामा पनि हामी सेवा दिन तयार छौं, कतिपय अवस्था दिइरहेका पनि छौं ।’

उद्योगहरूबाट उत्पादित डण्डी समयमा बिक्री नहुँदा त्यसै त उद्यमीहरू तनावमा थिए । ‘लकडाउनका कारण के कति क्षति भएको छ त्यसको लेखाजोखा गर्न सकिएको छैन,’ वरिष्ठ उपाध्यक्ष साख भने ‘निर्णय गर्न सक्ने अवस्था अहिले नै छैन ।’

श्रमिकलाई कति दिने हो । विद्युतलाई कति तिर्ने हो । आँखै बन्द गरेर बोल्न भएन । बैंकलाई कति तिर्नुपर्ने हो । सुविधा के कति पाउने हो । बजारबाट पैसा कहिले आउने हो,’ उनले भने । उद्योग पनि अप्ठ्यारोमा परेका छन् । खुल्ने टुंगो छैन । यसको केही निर्णय हुन सकेको छैन ।
हाल नेपालमा २५ वटा आइरन तथा स्टिल उद्योग सञ्चालनमा छन् । हाल नेपालमा दैनिक ३ सय मेट्रिक आइरन तथा स्टिल बन्छ । सिंगल सिफ्ट सञ्चालन भयो भने १८० मेट्रिक टन उत्पादन हुन्छ ।

आवश्यकता अनुसार दैनिक चार सय मेट्रिक टनसम्म उत्पादन गर्न सक्ने क्षमतामा उद्योगहरू छन् । त्यसैपनि पछिल्लो समय आइरन तथा स्टिल फ्याक्ट्रीहरू मरे तुल्य नै थिए । अहिले अझ मारमा परेको छन् । नेपालमा वार्षिक १२ लाख मेट्रिक टन माग छ भने करिब ३० लाख मेट्रिक टन उत्पादन भइरहेको छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा छ । एउटै उद्योगले वार्षिक ७० हजार मेट्रिक टन उत्पादन गर्न सक्छन् । मागभन्दा पनि आपूर्ति बढी छ । अस्वस्थ प्रतिस्पर्धा छ । बजार छैन । यसले उद्योगीलाई दुःखी बनाएको उद्यमीको गुनासो छ ।

३ देखि ४ अर्ब नभइ स्टिल उद्योग चल्दैन । औसतमा एउटा उद्योगले ४ अर्ब लगानी हिसाव गर्दा स्टिल उद्योगमा एक खर्ब लगानी भएको छ । भूकम्पपछि नाकाबन्दी भयो । त्यसपछि एक्कै पटक घर निर्माण हुँदा माग बढी आयो । त्यति बेला सिमेन्ट र छड उद्योग धेरै आए । ९ महिनासम्म रोकिएको धेरै काम एक्कै पटक शुरु हुँदा उद्योग पनि थपिएका हुन् । सररकारले कुनै सुविधा दिएन भने तलब पनि खुवाउन नसक्ने अवस्था पुग्ने व्यवसायीले बताए । बैंकको ब्याज कसरी तिर्ने । राहत दिएन भने हामी माथि उठ्न सक्ने अवस्था छैन । राहत दिएन भने उद्योग मर्ने उपाध्यक्ष साखले बताए ।

नेपालकै आइरन तथा स्टिल उद्योगको उत्पादनले बजार नपाएइरहेको बेलामा चालु आर्थिक वर्षको ९ महिनामा १५ अर्ब ९२ करोड १९ लाखको आइरन तथा स्टिल आर्टिकल आयात भएको छ भने ८३ अर्ब ५६ करोड ४० को आइरन तथा स्टिल आयात भएको छ । 

 

प्रतिक्रिया दिनुहोस