aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाभाइरसले विश्वभर के-कति असर ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
कोरोनाभाइरसले विश्वभर के-कति असर ?

काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुने संख्या २ लाख ६ जहार ९ सय ९७ जनाको मृत्यु भएको छ । अमेरिकामा मात्र ५५ हजार ४ सय १५ जनाले कोरोनाभाइरसकै कारण ज्यान गुमाइसकेका छन् ।

संक्रमितको संख्या भने २९ लाख ९४ हजार ९ सय ५८ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख ७८ हजार ९ सय २३ जना उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख ८७ हजार ३ सय २२ जना संक्रमित भएका छन् ।

यूरोपमा कोरोनाबाट बढी प्रभावित बनेका इटाली, स्पेन, फ्रान्स, जर्मनीमा कोरोना संक्रमणको गति कम भएको छ । यी मुलुकहरुले लकडाउन पनि खुकुलो पार्दै लगेका छन् । स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना कोरोना संक्रमित हुँदा २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ ।

त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ९७ हजार ६ सय ७५ पुग्दा मृतकका संख्या २६ हजार ६ सय ४४ पुगेको छ । फ्रान्समा १ लाख ६२ हजार १ सय जना संक्रमित छन् भने २२ हजार ८ सय ५६ जनाकोे मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ९ सय ७६ पुगेको छ ।बेलायतमा १ लाख ५२ हजार ८ सय ४० जना संक्रमित हुदा २० हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।

भारतमा २७ हजार ८ सय ९० जना संक्रमित हुंदा ८ सय ८१ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ३ सय २८ पुग्दा २ सय ८१ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५२ जना पुगेको छ । उक्त संख्या ४१ हजार ४ सय ३६ जनामा आरडीटी परिक्षण र ९ हजार ८ सय ३२ जनामा पीसीआर परिक्षणबाट पत्त लगाएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार हालसम्म १७ हजार २५ जना क्वारेन्टाइनमा राखिएका छन् भने १ सय १० जना आइसोलेशनमा राखिएका छन् । संक्रमितहरु मध्ये १६ जना निको भइसकेको मत्रालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस