
एजेन्सी । कोरोना भाइरसको प्रकोपको बीचमा चीन थुप्रै देशहरूको व्यवहारदेखि चिन्तित हुँदै गइरहेको छ । अब आफ्नै सिमाना जोडिएको भारत पनि यस सूचीमा सामेल भएको छ । भारतले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को कानुन चीनकै्र लागि भर्खरै परिवर्तन गरेपछि चीनको मिडियाहरुमा यस्तो वातावरण सिर्जना भइरहेको छ खबर आइरहेका छन् । चीनले यी देशले गरेको व्यवहारका कारण उसले पनि औषधि निर्यात रोक्न सक्ने अनुमानहरु लगाउन थालिएका छन । चीनबाट विश्वभरी औषधि निर्यात हुने गरेको छ । एक सक्रिय फार्मास्यूटिकल एन्गे्रडिएन्ट (एपीआई)बाट विश्वभरीमा धेरै प्रकारका औषधि बनाउने कच्चा पदार्थ जाने गरेको छ ।
एपीआई के हो ?
एपीआई एक सक्रिय फर्मास्युटिकल्स एन्ग्रेडिएन्ट हो । विश्व स्वास्थ्य संगठनका अनुसार औषधि उत्पादनका लागि सुत्र तयार गर्नका लागि प्रयोग हुने कुनै पनि पदार्थलाई एपीआई भनिन्छ । एपीआई औषधीको तयारीको लागि पहिलो आधार हा । जस्तै, एपीआई क्रोसिन औषधिको लागि प्यारासिटामोल हो । प्यारासिटामोल बनाउनका लागि कुनै देशले पनि एपीआई ल्याएर कुनै पनि नामको सिटामोल बनाउन सकिन्छ । यदि कुनै पनि औषधिको एपीआई पाइएमा औषधिहरू बनाउन थोरै लगानीमा पनि उत्पादन गर्न सकिन्छ ।
भारत विश्वमा तेस्रो ठूलो औषधि उद्योग छन । तर, भारतमा पनि करिब ८५ प्रतिशत एपीआइ चीनबाट आउँछ । भारतले हरेक बर्ष चीनबाट २.४ बिलियन डलर बराबरको एपीआई आयात गर्नेगरेको छ । भारत विश्वमा जेनेरिक औषधिहरूको सबैभन्दा ठूलो उत्पादक हो । भारतले मात्र हरेक वर्ष २० अर्ब डलरको र्आषधिजन्य उत्पादनहरू निर्यात गर्ने गरेको छ ।
भारतमा आयात गरिएको एपीआईको लगभग ९० प्रतिशत एन्टिबायोटिकको उत्पादन प्रयोग गर्न प्रयोग गरिन्छ । लकडाउनका कारण चीनबाट एपीआई निर्यातमा अवरोधका कारण भारतीय औषधि उद्योगहरुमा ठूलो असर परिरहेको छ । अब यदि चीनले वास्तवमा यसलाई रोकिदियो भने के अवस्था हुन सक्छ, यो अनुमान गर्न पनि सकिदैन ।
भारतको उत्पादन चीनको तुलनामा प्रतिस्पर्धी छैन । नब्बेको दशकमा भारतले एपिआइहरू निर्यात गर्न प्रयोग गथ्र्यो। तर, अहिले चीनले एपीआईसँग सम्बन्धीत उद्योगलाई धेरै सहगोग गर्यो र यसमा धेरै विकास गर्यो। सस्तो बिजुली, सस्तो जग्गा, सस्तो श्रम इत्यादिका कारण चिनियाँ उद्योगको उत्पादन विश्वभरी नै फैलिए ।
भारतमा एपीआई उद्योग सबैभन्दा बढी प्रदूषणका मापदण्डहरु पार गर्नु पर्छ । यी सबैको कारणले गर्दा, भारतीय फार्मा उद्योगले चीनबाट सस्तो एपिआइहरू आयात अधिक उपयुक्त मान्दछन ।
प्रतिक्रिया दिनुहोस