
अमेरिका । कोरोना भाइरस संक्रमणको केन्द्र बनेको अमेरिकाको न्यूयोर्क राज्यले आर्थिक गतिविधिहरु चरणबद्ध रुपमा खुला गर्ने भएको छ । गभर्नर एन्ड्रयू कुओमोले अर्थतन्त्र पुनः चलायमान बनाउने घोषणा गरेका हुन् । महामारीको उच्च तह पार भएकाले निर्माण तथा उत्पादन क्षेत्र सञ्चालन गर्न दिइने घोषणा गभर्नर कुओमोले गरेका हुन् ।
न्यूयोर्कका केही क्षेत्रहरु मे १५ भन्दा पहिले नै ब्यवसाय सञ्चालन हुने अपेक्षा गरिएको छ । व्यवसाय सञ्चालन गर्दा भाइरसको संक्रमण तथा बिरामीको संख्यामा बृद्धि भयो वा भएन भन्ने हेरिने उनको भनाइ छ ।
दोस्रो चरणमा अवस्था अनुसार व्यवसायहरु सञ्चालनको अनुमति दिइने उनको भनाइ छ । हरेक चरणमा दुई हप्ताको समय राखिने र त्यसको प्रभाव पनि अवलोकन गरिने उनको भनाइ छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस