
भारत । भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १ हजार ६ सय ७ जना नयाँ संक्रमित फेला परेका छन् ।
वलडो मिटर डट इन्फोको अनुसार भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या २७ हजार ८ सय ९० पुगेको छ । त्यहाँ आइतबार मात्र कोरोना संक्रमणबाट ५६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या ८८१ पुगेको छ ।
भारतमा कुल संक्रमितमध्ये ६ हजार ५ सय २३ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल २० हजार ४ सय ८६ जना संक्रमित उपचाररत रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस