aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

स्वास्थ्य सचिवले अभद्र व्यवहार गरेकोमा चिकित्सक संघको आपत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
स्वास्थ्य सचिवले अभद्र व्यवहार गरेकोमा चिकित्सक संघको आपत्ति

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाले विभिन्न सञ्चार माध्यम मार्फत अत्यन्तै अशोभनीय र अभद्र बोली बोलेकोमा आपति जनाएको हो । 

शुक्रबार संघले एक विज्ञेप्ती जारी गर्दै मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी/अस्थायी वा करार भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक संघले भनेको छ, ‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्जे भएकाले यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न माग गर्दछ ।’

 

किन संयमता गुमाउँदै छ स्वास्थ्य मन्त्रालय ?

प्रतिक्रिया दिनुहोस