aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले लकडाउनमा थप कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।

समाचार श्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न र आजबाट फेरि सवारीसाधनमा रोक लगाउन निर्देशन दिएको हो । 

सवारीसाधनमा हुलमुलका साथ यात्रा गर्दा  कोरोना संक्रमणले थप जटिलता निम्ताउन सक्ने भएकोले कडाइ गरिएको मन्त्रालयको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस