aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

को हुन् किम यो जोङ, जो उत्तर कोरिया शासनको उत्तराधिकारी मानिन्छिन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
को हुन् किम यो जोङ, जो उत्तर कोरिया शासनको उत्तराधिकारी मानिन्छिन् ?

उत्तर कोरियाले राष्ट्रपति किम जोङ उन जिवितै र स्वस्थ रहेको दाबी गरे पनि उनको स्वास्थ्यबारे अनेकौँ अफवाहरु फैलिरहेको छ। यो संगै अर्को विषयले पनि सबैको ध्यान तानेको छ। त्यो हो, यदि किमको मृत्यु भएकै हो वा उनी सत्ता चलाउन असमर्थ भएका हुन् भने अब उनको स्थान कसले लिनेछ ?

यो प्रश्नको जवाफमा सबैले एउटै नाम लिने गरेका छन्, किम यो जोङ । उनी राष्ट्रपति उनकी बहिनी हुन्। उनको उमेर यति नै हो भन्न कसैले सकेको छैन तर उनी ३६ वर्षीय हुनसक्ने बताइन्छ। किमको उमेर अहिले ४० वर्षको रहेको र उनी दाजु भन्दा ४ वर्ष कान्छी रहेको अनुमान छ।

योङ उत्तर कोरियाली पूर्व शासक किम जोङ इल की सबैभन्दा कान्छी सन्तान हुन्। सन् २०११ मा आफ्ना पिताको अन्त्येष्टिमा पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी जोङबारे धेरै जानकारी कसैलाई पनि छैन। तर पर्दा पछाडि भने उनी राजनीतिमा सक्रिय रहेको विश्वास गरिन्छ ।

सन् २०१८ मा भएको उत्तर कोरियाली राष्ट्रपति उन र दक्षिण कोरियाली राष्ट्रपति मुनको ऐतिहासिक वार्तामा उनी सहभागी भएकी थिइन्। 

केही महिना अघि सम्पन्न शीतकालीन ओलम्पिकको अवसरमा उनी उत्तर कोरियाली टोलीको नेतृत्व गर्दै फेरी दक्षिण कोरिया गाएकी थिइन्। सन् १९५३ मा भएको कोरियाको विभाजन पछि कुनै पनि उत्तर कोरियाली शासकका परिवार सदस्यले दक्षिण कोरियाको भ्रमण गरेको यो नै पहिलो घटना थियो । त्यो बेला उनले दक्षिण कोरियाली राष्ट्रपति मुनसँग सँगै बसेर भोज खाएको तस्बिरले निकै चर्चा पाएको थियो। 

अहिले के आंशका गरिँदैछ भने यदि योङ ले उत्तर कोरियाको सत्ता चलाउने मौका पाइन् भने उनले दाजु उनको भन्दा बढी निरङ्कुश ढङ्गले सञ्चालन गर्नेछिन्। केही समय अघि दक्षिण कोरियाले उत्तर कोरियाको आणविक हतियार परीक्षणबारे गरेको टिप्पणी माथि प्रतिक्रिया दिँदै उनले प्रयोग गरेको तुच्छ शब्दहरूको आधारमा यस्तो अनुमान गरिएको हो।

यदि मिडियाले प्रचार गरेजस्तै राष्ट्रपति उनको मृत्यु वा अचेत अवस्थामा उनी पुगेको हो भने अब आणविक हतियार युक्त सो मुलुकको बागडोर एक महिलाले लिनेछन्। जो आफ्नो दाजु भन्दा कडा स्वभावकी भएको अनुमान छ। 

हाल योङ उत्तर कोरियाको कम्युनिस्ट पार्टीको विभागीय उप निदेशकको भूमिकामा छिन् । सन् २०१७ मा मानव अधिकारको उलङ्घन गरेको भन्दै अमेरिकाले उनलाई कालो सूचीमा राखेको छ। 

प्रतिक्रिया दिनुहोस