aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विराटनगरबाट काठमाडौँ आएकालाई नागढुंगाबाटै आज साँझ फिर्ता पठाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
विराटनगरबाट काठमाडौँ आएकालाई नागढुंगाबाटै आज साँझ फिर्ता पठाइने

काठमाडौं । विराटनगरबाट काठमाडौं आएका स्थानीयवासीहरुलाई प्रहरीले उतै फर्काउने तयारी गरेको छ । प्रहरीले नागढुंगामा होल्ड गरेर राखेकाहरु सबैलाई आज साँझ नै विराटनगर नै फर्काउने तयारी गरेको हो । 

आइतबार साँझ अलपत्र परेका व्यक्तिलाई विराटनगर महानगरपालिकाले काठमाडौं पठाएको थियो। उनीहरु सोमबार बिहानै थानकोट आएका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंले गृहमन्त्रालयले आवतजावतमा रोक लगाउन निर्देशन दिएसँगै उनीहरूलाई आएकै ठाउँमा फर्काउन लागेको जनाएको छ । उनीहरुलाई काठमाडौंमा सामान ढुवानी गर्न आएका ट्रकमा चढाएर पठाइने बताइएको छ ।

सात वटा गाडीमा आएका उनीहरूलाई ड्राइभरले नागढुङ्गा नपुग्दै छोडेर फर्केका थिए। उनीहरु हिँडेर उपत्यका छिर्न खोजेकाका थिए तर प्रहरीले नागढुङ्गामै होल्ड गरेर राखेको छ । 

प्रतिक्रिया दिनुहोस