
काठमाडौं । पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर छुटेका छन्। जिल्ला अदालत काठमाडौंले सोमबार धरोटीमा रिहा गर्न आदेश दिएसंगै उपाध्याय छुटेका हुन् ।
जिल्ला न्यायाधीश भरतमुनि खनालको इजलासले थुनछेक आदेश गर्दै उनीसँग धरौटी माग गरेको थियो। मागेको धरौटी बझाएपछि सोमबार उनी छुटेका हुन्।
सरकारको आलोचना गरेको आरोपमा उनलाई गत बुधबार पक्राउ गरिएको थियो। उपाध्यायको पक्राउपछि सामाजिक सञ्जालमा धेरैले सरकारको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रताको हनन भएको प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया दिनुहोस