काठमाडाैं । पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा रु ५० हजार सहयोग गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अधिकारीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई सो रकम हस्तान्तरण गका ह्रुन् । सो अवसरमा उनले बन्दाबन्दीका कारण कोही पनि भोको बस्नुपर्ने अवस्था आउन नदिन प्रभावकारी एवं व्यवस्थितरूपमा राहत वितरण गरिनुपर्नेमा जोड दिए ।
सांसद अधिकारीको पहलमा रुपा गाउँपालिका–६ रुपाकोटमा रहेका मुस्लिम समुदायका १२५ परिवारका लागि राहत प्रदान गरिएको छ । उनले चामल, तेल, दाललगायत दैनिक उपभोग्य राहत सामग्री गाउँपालिकाका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष ओझाले रु डेढ लाख बराबरको दैनिक उपभोग्य राहत सामग्री तत्कालै मुस्लिम समुदायलाई वितरण गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस