aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोरोना अस्पतालका कर्मचारीले नै चप्पल, मास्क र सेनिटाइजर चोरेपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ बैशाख २०७७
कोरोना अस्पतालका कर्मचारीले नै चप्पल, मास्क र सेनिटाइजर चोरेपछि...

काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका स्वास्थ्य सामाग्री सोहि अस्पतालका कर्मचारीहरूले नै चोरेको भिडियो सार्वजनिक भएको छ । 

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजरलगायत सामग्री लगेको सिसिक्यामेरामा देखिएको छ । 

उनीहरूले चप्पल, सेनिटाइजर, मास्कलगायत अरू के/के सामान स्टोरबाट लगे र ती सामान कहाँ बिक्री गरे भन्ने खुलेको छैन।

स्टोरबाट स्वास्थ्य सामाग्री चोरी भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति बनाएको छ। उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा महानगर र अस्पतालका एकरएक जना सदस्य रहने गरी तीन सदस्यीय समिति गठन भएको हो।

छानबिन समिति गठन गरिएको र स्टोरबाट केके सामग्री चोरी भएको विषयमा छानबिन समितिले छानबिन गर्ने भरतपुर महानगरले जनाएको छ । 

समितिलाई छानबिन गरी एक हप्ताभित्र कार्यदलमा प्रतिवेदन बुझाउन भनिएको छ । भरतपुर अस्पतालले चोरीमा संलग्न भनिएका बराल र महानगरपालिकाले लेखापाल खनाल र स्वास्थ्य अधिकृत तिवारीलाई फिर्ता बोलाएको छ ।

त्यस्तै, विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालमा छापा मारेको छ । आर्थिक अनियमितता गरिएको आशंकामा मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । 

प्रतिक्रिया दिनुहोस