aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

रेडियो नेपालका कार्यकारी निर्देशक र समाचार प्रमुखलाई सञ्चार मन्त्रालयले सोध्यो स्पष्टीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ बैशाख २०७७
रेडियो नेपालका कार्यकारी निर्देशक र समाचार प्रमुखलाई सञ्चार मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको अन्तर्वार्ताको विषय लिएर सञ्चार तथा सूचना मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसहित समाचार प्रमुख नवराज लम्सालसँग पनि स्पष्टीकरण सोधेको छ । कार्की र लम्साल दुवैलाई एक साथ सोही विषयमा स्पष्टीकरण सोधिएको हो । 

मन्त्रीस्तरीय निर्णयबाट स्पष्टीकरण सोधिएको हो भने सोधिएको स्पष्टीकरण तीन दिनभित्र पेश गर्न पत्रमा भनिएको छ।

रेडियो नेपालमा सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई अतिथि बनाइएको थियो । र, कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ‘भष्मासुर’ लगायतका शब्द प्रयोग गरेका थिए ।

यससलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल) ले सोमबार नै विज्ञप्ति जारी गरेर माफी मागेको थियो । भट्टराईले प्रधानमन्त्री ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुःखी बनाएको भन्दै रेडियो नेपालले आगामी दिनमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत हुने समेत बताएको थियो ।

प्रतिक्रिया दिनुहोस