aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतमा एक हजार बढिले ज्यान गुमाए, संक्रमितको संख्या ३१ हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
भारतमा एक हजार बढिले ज्यान गुमाए, संक्रमितको संख्या ३१ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितहरुको संख्या ३१ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ पुगेको छ । यसैबीच ७ हजार ७ सय ४७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।

मंगलबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २९ हजार ४१५ थियो भने मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ लाख ३६ हजार पुगेको छ । हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार ८१३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस