aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकामा एकै दिन २४ सय बढिले ज्यान गुमाए, मृतकको संख्या ५९ हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
अमेरिकामा एकै दिन २४ सय बढिले ज्यान गुमाए, मृतकको संख्या ५९ हजार नाघ्यो

अमेरिका । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ ।वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार २४ सय ७० को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ५९ हजार २ सय ६६ रहेको छ ।

साथै यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहाँ कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ ।

यसका साथै यहाँ कूल संक्रमितमध्ये १५ हजार २ सय ९८ को अवस्था चिन्ताजनक छ भने हालसम्म १ लाख ४२ हजार निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस