
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको छलफलमा आगामी बजेटका विषयमा छलफल भएको हो ।
बजेट (वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
संविधानमै व्यवस्था भएअनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकोले सरकारले कोरोना संकटकै बीच बजेटको तयारी थालेको छ ।
प्रतिक्रिया दिनुहोस