
उदयपुर । नेपालमै कोरोना भाइरसको इपिसेन्टर बनेको उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केमा अर्को रोगको समेत प्रकोप देखिएको छ । त्यहाँ ठेउला (चिकन पक्स)को संक्रमण बढेको हो ।
सो ठाउँमा हालसम्म ५ जनामा ठेउला देखिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भुल्के क्षेत्रमा ५ जनामा ठेउला संक्रमण देखिएको बताए । कोरोना परीक्षणका लागि गएको स्वास्थ्य टोलीले परीक्षणका क्रममा ठेउलाको संक्रमण बढेको जनाएको छ ।
भारतबाट आई सुदूरपश्चिमको क्वारेन्टाइनमा बसिरहेका १५ जना व्यक्तिमा औलो देखिएको थियो। सुदूरपश्चिमका क्वारेन्टाइनमा औलो संक्रमण देखिएको साता नबित्दै उदयपुरमा ठेउला देखिएपछि स्वास्थ्य अधिकारीले कोरोनासँगै अन्य सरुवा रोगतर्फ पनि सतर्कता देखाउनुपर्ने आवश्यकता महसुस गरेका छन्।
प्रतिक्रिया दिनुहोस