aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अधिवेशन सञ्चालनबारे अवलोकन गर्न संसद भवन पुगे प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
अधिवेशन सञ्चालनबारे अवलोकन गर्न संसद भवन पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् । संसद बैठक सञ्चालनका लागि कसरी सामाजिक दुरी कायम गर्न सकिन्छ भनेर अनुगमनका लागि प्रधानमन्त्री संसद भवन पुगेका हुन् ।

आज बिहानमात्र प्रधानमन्त्री ओलीले बजेट तथा नीति तथा कार्यक्रमका लागि बैठक सञ्चालन गर्नका लागि सभामुख अग्नी सापकोटासँग छलफल गरेका थिए । छलफलका लागि सभामुख सापकोटा बालुवाटार पुगेका थिए ।

सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ । सोहि विषयमा अनुगमनका लागि प्रधानमन्त्रीसँगै सभामुख सापकोटा, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायत उपस्थित थिए ।   

प्रतिक्रिया दिनुहोस