
भारत । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । भारतीय मिडियाका अनुसार इरफानको बुधबार बिहान निधन भएको हो ।
इफरान मंगलबार बिहान बाथरुममा लडेका थिए । यसपछि उनलाई उपचारका लागि मुम्बइको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा नै उनले निधन भएको हो ।
५४ बर्षका इरफान न्यूरोएन्डोक्राइन ट्यूमर रोगबाट पीडित थिए ।
गत शनिबार उनकी आमाको निधन भएको थियो।
प्रतिक्रिया दिनुहोस