aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

थप तीनमा काेराेनाभाइरस सङ्क्रमण, ५७ पुगे सङ्क्रमित

  • रासस
    रासस
  • बुधबार, १७ बैशाख २०७७
थप तीनमा काेराेनाभाइरस सङ्क्रमण, ५७ पुगे सङ्क्रमित

काठमाडाैं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । 

सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । 

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । 

उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती तीनैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । 

उनका अनुसार सङ्क्रमितमध्ये एक अस्पताल र अर्का दुई जना क्वारेन्टाइनमा छन् । आज तीन जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ घर फर्किएका छन् । 

सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए  । सङ्क्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइटमा भने अपडेट हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस