aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

मोबाइल  फोन  इम्पोर्टर्स एशोशिएसनद्वारा  मास्क  हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
मोबाइल  फोन  इम्पोर्टर्स एशोशिएसनद्वारा  मास्क  हस्तान्तरण

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिदेशनालयलाई मास्क हस्तान्तरण गरेको छ ।

बुधबार १० हजार थान मास्क हस्तान्तरण गरेको इम्पोर्टर्स एशोशियसनले जनाएको छ । भद्रकाली स्थित नेपाली सेनाको मूख्यालयमा आयोजित समारोहमा संघका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संय’क्त रुपमा सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

अध्यक्ष् मलहोत्राले यस सहयोगले (कोभिड–१९)महामारी विरुद्ध लडिरहेका राष्ट्रि«य सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताएका थिए ।
 

प्रतिक्रिया दिनुहोस