
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र बढेर ३७ खर्ब ६७ अर्बको बनेको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखामा नेपाल कुल गार्हस्थ्य उत्पादन ( जीडीपी) बढेर पौने ३८ अर्ब पुगेको हो ।
विभागलेृ चालु आवको साथै गएको आवको संशोधित अनुमान पनि सार्वजनिक गरेको छ । गएको आवमा नेपालको अर्थतन्त्र गएको आवमा नेपालको अर्थतन्त्र ३४ खर्ब ५८ अर्ब रहेको संशोधित तथ्यांक रहेको छ ।
कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्रको योगादन २८.२० प्रतिशत रह्ने प्रारम्भिक अनुमान गरिएको छ भने द्वितीय क्षेत्र निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानीको योगदान १३.७२ प्रतिशत रहेको तथ्यांक विभागले सार्वजनिक गरेको छ । त्यस्तै तृतीय तथा सेवा क्षेत्रको योगदान ५८.०८ प्रतिशत रहेको छ ।
यस अन्तर्गत थोक तथा खुद्रा व्यापार, होटेल तथा रेष्टुराँ, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता र रियल स्टेटलगायतका उपक्षेत्रहरू पर्दछन् ।
तीन वर्षको अवधिमा जीडीपीमा प्रथम र सेवा क्षेत्रको योगदान बढ्दै गएको छ भने द्वितीय क्षेत्रको योगदान कम हुँदै गएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस