aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
कोभिड–१९

जीडीपीमा उद्योग क्षेत्रको योगदान ५.०९ प्रतिशतमात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
जीडीपीमा उद्योग क्षेत्रको योगदान  ५.०९ प्रतिशतमात्रै

काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको योगदान ५.०९ प्रतिशत हुने अनुमान गरिएको छ । कोरोना भाइरसका कारण उद्योग धन्दाहरू ठप्प भएका कारण उद्योगको योगदान घट्ने अनुमान केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको हो ।

कोभिड–१९ को महामारीको असरलाई न्यूनीकरण गर्न गरिएको लकडाउनका कारण आपूर्ति प्रणालीमा आएको रोकावटका  तथा उत्पादनमा आएको अवरोधका कारण जीडीपीमा उद्योगको योगदान घटेको हो । गएको आवको तुलनामा चालु आवमा जीडीपीमा उद्योगको योगदान २.२७ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस