aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

उपभोग मै सके नेपालीले ३० खर्ब ८५ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
उपभोग मै सके नेपालीले ३० खर्ब ८५ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीले उपभोगमा ३० खर्ब ८५ अर्ब ७ करोड रुपैयाँ खर्च गर्ने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखामान तथ्यांकले कुल गार्हस्थ्य उत्पादनको ८१.९० प्रतिशत उपभोगमा खर्च गर्ने देखाएको हो ।
 चालु आर्थिक वर्षमा नेपालको जीडीपी ३७ खर्ब ६७ अर्ब पुगेको छ । यसको ८१.९० प्रतिशत खर्च हुँदा नेपालीले जम्मा ६ खर्ब ८१ अर्ब ९७ करोड रुपैयाँ मात्रै बचाउन सकेका छन् । वाँकी रकम भने उपभोगमा सकिएको छ ।

जीडीपीको आकार बढेसँगै खर्चको आकार पनि बढेको हो । गत आवमा उपभोगमा कुल २८ खर्ब २ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको थियो । गत आवमा नेपालको अर्थतन्त्र ३४ खर्ब ५८ अर्ब थियो भने नेपालीको बचत ६ खर्ब ५६ अर्ब थियो ।

 

प्रतिक्रिया दिनुहोस