
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर २ दकमलत्र २७ प्रतिशतमात्र रहने केन्द्रीय तथ्यांक विभागले अनुमानित तथ्यांक बुधबार सार्वजनिक गरेको छ । कोभिड (१९ महमारीका कारण नेपालमा पर्नसक्ने असरका कारण नेपालको आर्थिक अबस्थाको बारेमा बुधबार विभागले तथ्यांक सार्वजनिक गर्दै केहि क्षेत्रमा ऋणात्मक वृद्धिदर हुने अनुमान गरेको छ ।
होटल तथा रेष्टुँरेन्टको माइनस १६ दशमलब ३० प्रतिशतको वृद्धिदर हुने अनुमानित तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै, थोक तथा खुद्रा व्यापारको माइनस २ दशमलब ११ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । साथै, उद्योगको माइनस २ दशमलब २७ प्रतिशत र खानी तथा उत्खनन माइनस शुन्य दशमलब ६९ प्रतिशतले वृद्धि ऋणात्मक रहने विभागले अनुमान गरेको छ ।
होटल तथा रेष्टुरेन्ट क्षेत्रको जीडीपीमा योजदान समेत ९ अर्ब १५ करोड रुपैयाँ अघिल्लो वर्षको घटेको छ । गतवर्ष जीडीपीमा ५६ अर्ब रुपैयाँ बराबरको होटल तथा रेष्टुरेन्टको आकार थियो । चालू आव २०७६र ७७ मा यो घटेर ४६ अर्बमा पुगेको छ । उद्योग क्षेत्रको आकार पनि १ खर्ब ७२ अर्ब रुपैयाँबाट १ खर्ब ७० अर्ब रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस