aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

हुण्डी कारोबारमा संलग्न रकम सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
हुण्डी कारोबारमा संलग्न रकम सहित पक्राउ

पर्सा । अवैध वित्तिय कारोवार(हुण्डी)  कारोबारमा संलग्न पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ ।  पर्सा वि.म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित सडकमा भारतको रक्सौलबाट बीरगंजतर्फ आउदै गरेको ना.६२ प ९५७१ नं.को मोटर साइकलमा सवार  व्यक्तिबाट अवैध रकम सहित एक जना  प्रहरीले पक्राउ गरेको हो । 
 
पर्सा  इनर्वागाँउ बस्ने लालबाबु कुमार यादवले ढाडमा भिरेको झोला भित्रको स्रोत खुल्न नसकेको नेपाली एघार लाख पचास हजार रुपैयाँ फेला पारी सो नगद र मो.सा.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

 
 

प्रतिक्रिया दिनुहोस