aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

प्रचण्डलाई गाली गर्दा रेडियो नेपालका पत्रकार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
प्रचण्डलाई गाली गर्दा रेडियो नेपालका पत्रकार पक्राउ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रचण्डलाई फेसबुकमा अशिष्ट र अमर्यादित गाली गरेको विषयमा उजुरी परेपछि पत्रकार दीपक पाठकलाई बिहीबार (आज) विहान प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

रेडियो नेपालको बोर्ड सदस्य समेत रहेका पाठकलाई साइबर क्राइमको अभियोग लगाइएको छ ।

यसअघि पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको अभियोगमा प्रहरीले कांग्रेसका एकजना कार्यकर्तालाई चितवनबाट पक्राउ गरेको थियाे ।

पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी सुबोध प्रधान रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको थियाे । 

उनलाइ अध्यक्ष दाहालबारे फेसबुकमा 'नराम्रो' स्टाटस पोष्ट गर्दा प्रधान पक्राउ परेका हुन । 'प्रचण्ड' को मानमर्दन हुने गरी स्टाटस लेखेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको थियाे ।

प्रतिक्रिया दिनुहोस